नियम ३१क
भिसा छुट दिने अधिकारी

देहायको अवस्थामा देहायका अधिकारीले भिसा दस्तुर छुट दिन वा मिनाहा गर्न सक्नेछन् :-–
(क) नियम ३१ को खण्ड (क), (ख) र (ग) को अवस्थामा – परराष्ट्र मन्त्रालय,
प्रवेश भिसाका रुपमा कूटनैतिक वा औपचारिक भिसा जारी गर्दा विदेशस्थित नेपाली नियोगहरु र अध्यागमन अधिकृत,
(ख) नियम ३१ को खण्ड (ङ) र (च) को अवस्थामा – महानिर्देशक
(ग) नियम ३१ को खण्ड (घ) र (छ) को अवस्थामा – सम्बन्धित मन्त्रालयको सिफारिसमा महानिर्देशक
(घ) नियम ३१ को खण्ड (ज) को अवस्थामा – अध्यागमन अधिकृत
(ङ) नियम ३१ को खण्ड (झ) को अवस्था,
(१) एक हप्ताको लागि – महानिर्देशक वा अध्यागमन अधिकृत
(२) एक हप्ता भन्दा बढी अवधिको लागि – गृह मन्त्रालय